प्यूठान । जारी प्रथम भित्रिकोट प्यूठान महोत्सव पुर्व निर्धारित कार्य तालिका अनुसार नै चल्ने आयोजकले जनाएको छ । महोत्सव सकिन दुई दिन बाकी हुदा संचालनका लागि दिएको अनुमति प्यूठान नगरपालिकाले रद्द गरेपछि आयोजकले बिज्ञप्ती जारी गरि महोत्सव बाकी दुई दिनसम्म चल्ने जनाएको हो ।
।
महोत्सवको अबधिमा विभिन्न घटना तथा गुनासो आएको भन्दै अनुमति रद्द गरेको नगरपालिकाले जनाएको छ ।
प्यूठान नगरपालिका-७ मा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव संचालन गर्न नगरपालिकाले अनुमति दिएको थियो । दुर्घटनामा एक जनाको र महोत्सव स्थलमा एक जनाको ज्यान गएपछि महोत्सवको आलोचना हुँदै आएको छ ।
नगरपालिकाले आयोजकसंग कुनै परामर्श नगरी अनुमति रद्द गरेकोमा आयोजकले असन्तुष्टि जनाएको छ । २१७ वटा स्टल र कलाकार ब्यबस्थापनको विषय भएकाले निर्धारित अबधिभर संचालन हुने आयोजकको भनाई छ ।



S.K. Creative Media Group