प्यूठान । नेपाली काङ्ग्रेस प्यूठान नगरपालिकाकाे दोश्राे नगर सम्मेलन जुम्रीमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत सन्चालन भएको १०० दिने अभियानकाे अबसरमा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश शहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) ले जिल्लाकाे बिकासका लागि आफु मन्त्री भएको भन्दै आफ्नाे कार्यकालमा जिल्लाकाे बिकासले मुहार फेर्ने दावी गर्नुभयो । आफु नेतामुखि नभइ जनतामुखि भएकोले जनताका समस्यासंग सङ्गै रहने बताउनुभयो । मन्त्री थापाले जिल्लामा देखिनेगरि सडक, पुर्बाधार र खानेपानिमा काम गर्ने बताउनुभयो ।
कार्यक्रम सम्बाेधन गर्दै थापाले कार्यकर्ता गुटगत राजनितीमा नलाग्न आग्रह गर्दै पार्टीलाइ एक ढिक्का बनाउदै जनताका समस्या समाधानमा लाग्नु पर्ने बताउनुभयो।
कार्यक्रममा बाेल्ने नेताहरुले गुटगत राजनिती त्यागी पार्टीमा काम गर्न आग्रह गरेका छन । नगर सभापति नेत्र केसिकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर भित्रका नेताकार्यकर्ता सहभागी थिए ।



S.K. Creative Media Group