प्यूठान । लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा)ले जिल्लाको बिकासमा सबै मिलेर जानुपर्ने बताउनुभएको छ । आइतबार झिमरुक गाउँपालिकाको सभाहलमा भएको सडक पुर्वाधार, खानेपानी, पुल तथा अन्य सेबा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले जिल्ला बिकासको हिसाबले पछि परेको भन्दै बिकास र समृद्धिको लागि मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका मन्त्री थापाले जिल्लाका अलपत्र परेका खानेपानी, सडक, पुल तथा अन्य आयोजनाका समस्या समाधान गर्न पहल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री थापाले बाग्दुला मच्छी ठुलाबेसी सडक हाम्रै कार्यकालमा सबै मिलेर कालोपत्रे गर्ने गरि आफ्नो तर्फबाट पहल थाल्ने बताउनुभयो । बाग्दुला मच्छी सडकखण्डलाई पालिका पहुँच मार्गका रुपमा बिकास गरेर कालोपत्रे गर्नेगरी योजना बनाएको मन्त्री थापाले बताउनुभयो । त्यसका लागी चालु आर्थिक वर्षमा ५ करोड रुपैया बजेट बिनियोजन भएको छ ।

‘प्यूठानबाट प्रतिनिधित्व गर्ने कुनैपनि नेताले काम गरेनन भन्ने होइन,’मन्त्री थापाले भन्नुभयो, ‘समय अनुसारको काम पहिले पनि भएको छ, अब सबैसंग शहकार्य गरेर काम गर्छु ।’ संघ, प्रदेश र स्थानिय तह सबैको सहकार्यमा प्यूठानको बिकास समृद्धिको लागि पहल गर्नुपर्ने बेला आएको बताउनुभयो । ‘स्थानीय जनताको माग सडकको स्तरोन्नती नै छ, सरकारले पनि सोहि अनुसार काम गछौ, ’मन्त्री थापाले भन्नुभयो,‘सडकको स्तरोन्नतीका लागी प्रदेशले बहुबर्षिय योजना अन्र्तगतमा राखेर काम गर्ने तयारीमा छौ ।’

एक दशक पहिलेदेखी सडकको स्तरोन्नति र बिस्तारको चर्चा चलेपनि हालसम्म काम नहुदा बर्खामा हिलाम्य हुने र हिउदमा धुलाम्मे भएर सडकमा आउजाउ गर्न समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ  । जिल्लाको महत्वपूर्ण र अत्याधिक यातायातका साधन गुड्ने र सडकमा धेरै चाप हुने भएपनी यो सडकमा स्तरोन्नति गर्ने कुरो कागजमा मात्रै सिमित भएकोले अझैपनी सडक बन्नेमा ठुक्क नभएको स्थानीयले गुनासो गरेका छन् । आइतबार बिहान सडक निरीक्षकको लागि प्राबिधिक सहित पैदल यात्रामा निस्किनुभएको मन्त्री थापालाई यहाँका स्थानीय जनता आम मतदाता, नागरीकनले यो बाग्दुला मच्छि ठुलाबेसी सडक सकिन्छ भने स्तरोन्ती गर्न जोडदार माग गरेका थिए ।

बाग्दुला- मछ्छी सडक खण्डमा १३ किलोमिटर पैदल यात्रामा निस्किएका मन्त्री थापालाई मतदाताले अझैपनी सडक नबन्ने हो भने आश्वासन नदिनसमेत आग्रह गरेका छन । बाग्दुला, मच्छी सडकखण्ड स्तरोन्नती भए प्यूठानको उत्तर पुर्वी भेगका झिमरुक गाउँपालिका,गौमुखी गाउँपालिका तथा छिमेकी जिल्ला गुल्मी र बाग्लुङलाइ एक आसपमा जोड्ने जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जिसी, प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्मा, सहरी बिकास तथा भवन डिभिजन कार्यालयका प्रमुख इश्वरी प्रसाद देबकोटा, झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, सडक पुर्वाधार कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाह, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकिशोर मण्डल, कार्यपालिका सदस्य, वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि सबै सरोकारवालाको कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यालय प्रमुखहरुले चालू आर्थिक वर्षमा भएको योजना र कार्यान्वयनको अवस्था बारे जानकारी गराउनुभएको थियो । त्यस्तै झिमरुक गाउँपालिकामा स्वीकृत योजना तथा कार्यक्रमको अवस्था बारे प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा र प्राबिधिक सित्तल आचार्य जानकारी गराउनुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय