
प्यूठान । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको नयाँ कार्य समिति चयन चयन भएको छ । संस्थाको ४२ औं वार्षिक साधारणसभा तथा १९ औं अधिबेशनले निर्जला कर्माचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको सदस्यमा लक्ष्मण श्रेष्ठ, पुनम श्रेष्ठ, पशुपति श्रेष्ठ, निरन्जन श्रेष्ठ, आरति बिक, लोकेन्द्र सुनार र शान्ता घर्ति सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । समितिका सदस्यहरुको कार्यबिभाजन र ३ जना सदस्य पछि मनोनीत गर्नेछ ।