प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्यूठानको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार विजुवारमा सम्पन्न छैठौं औं जिल्ला अधिवेशनबाट तेजेन्द्र बुढा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उपाध्यक्षमा सुवास श्रेष्ठ, सचिव सुशिला बुढामगर, सहसचिव सुरज पुनमगर, कोषाध्यक्षमा केदार थापा मगर निर्वाचित हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा विवश घर्तिमगर, स्मृति घर्तिमगर, विष्णु राई, गोमा घर्तिमगर, खगेन्द्र थापामगर, विष्णु पुनमगर, केशव श्रेष्ठ, आइविर थापामगर निर्वाचित हुनु भएको छ । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि सुजल श्रेष्ठ र संघिय महाधिवेशन प्रतिनिधिमा मित्र थापा चयन हुनुभएको छ ।

फोनिज प्यूठानका अध्यक्ष सुजल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा रहनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारी, पुर्व अध्यक्ष शुसिल पोख्रेल, गिरु प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष सन्जय रिजाल,नेपाल आदिवासी जनजाति महासंघ प्यूठानका सचिब दिलिप के.एम., प्रेस चौतारीका प्यूठानका अध्यक्ष वासुदेव गिरी, प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुधन भण्डारी, प्रगतिशील पत्रकार संघ प्यूठानका उपाध्यक्ष जुमान सिंह केसी, दलित पत्रकार संघ प्यूठानका अध्यक्ष कमल बिक, सन्चारिका समुह प्यूठानका अध्यक्ष राधिका भुसाल भुसाल, स्वतन्त्र पत्रकार मधुसुदन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय