
प्यूठान । नौबहिनी गाउँपालिका-८ स्थित फोप्ली स्वास्थ्य चौकीको आयोजनामा बृहत सरसफाइ कार्यक्रम सप्पन्न भएको छ ।
फोप्लीको साबिक ४ वटा वडामा करिब चार सय जनाको उपस्थितिमा स्वयंसेवकको रुपमा सरसफाइ गरिएको हो ।
नौबहिनी गाउँपालिका-८ का वडा अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी,
शिक्षक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, स्थानिय ब्यापारी, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका, ८ वटा स्वास्थ्य आमा समुह, गर्भवती महिला उद्दारका लाही टोल टोलमा निर्माण गरिएको समुहका सदस्यहरू, स्थानिय बुद्दिजिवि तथा समाजसेवीहरु लगाएतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा फोप्ली स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले सरसफाइ गर्नुको कारण, महत्व र दिगोपनाको लागि बनाउनु पर्ने योजनाका साथै किशोरीहरुको गर्भवती हुने दर, किशोरीहरु सुत्केरी हुने दर तथा सुरक्षीत गर्भपतनको तथ्यांक पनि प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा घरमा सुत्केरी हुने संख्या १० जना, ०७९/८० मा १३ जना, ०८०/०८१ देखि हाल सम्म घरमा सुत्केरी हुने संख्या शुन्य बनाउन सफल भएकोमा सबैलाइ धन्यवाद तथा सुभकामना प्रकट गर्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष मान बहादुर केसीले यस्ता कार्यले समाजलाई सकारात्मक बाटोमा हिड्न प्रेरित गर्ने हुनाले बेला बेलामा यस्ता कामहरु गर्दै जानुपर्ने बताउनुभयो । उहाँले बाल बिवाह रोक्न सबै निकायको उत्तिकै महत्वपूर्ण भुमिका हुने हुनाले सबै जना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
संकलन भएका प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै ब्यबस्थापन गरिएको स्वास्थ्य चौकी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।