
प्यूठान । भालुवाङ-प्यूठान सडकखण्डमा जीप दुर्घटना हुदा दश जना यात्रु घाईते भएका छन । माण्डवी गाउँपालिका-३ अरङखोलामा भे १ ज ७३४ नम्बरको सुमो जिप अनियन्त्रित भई दुर्घटनामा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
रोल्पाबाट भालुवाङ जादै गरेको जीप दुर्घटना भएको र घाईतेलाई जिल्ला अस्पताल विजुवार पठाएको प्रहरीले जनाएको छ ।