प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले मासिक पत्रकार भेटघाटको शुरुवात गरेको छ । सोमबार मासिक पत्रकार भेटघाट आयोजना गरि प्रहरीले पुस महिनामा भएका घटना विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले पुस महिनामा १३ वटा मुद्धा दर्ता भएको जानकारी दिनुभयो । उहाँले पुस महिनामा मात्र ३९० वटा सवारी साधन कारवाहीमा परेको बताउनुभयो । जसबाट ४ लाख ८३ हजार रुपियाँ राजश्व संकलन भएको उहाँले जानकारी गराउनुभयो ।
प्रहरीले पुस महिनाभर १ सय १७ वटा सामुदायिक सचेतनाका कार्यक्रम गरेको छ । जिल्लाका ३० वटा युनिटले उक्त अभियान सम्पन्न गरेको प्रहरी प्रमुख बस्यालले बताउनुभयो । प्रहरीले नियमित रुपमा मासिक पत्रकार भेटघाट गरि गतिविधि सार्वजनिक गर्ने योजना अनुसार पत्रकार भेटघाट राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।



S.K. Creative Media Group