
प्यूठान । प्यूठानको बाझाबारीमा माघी मेला तथा बृहत सास्कृतिक कार्यक्रम सप्पन्न भएको छ । मेलामा लोकप्रिय राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारी र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका सम्झना रणपालको बेजोड प्रस्तुति रहेको थियो ।
प्यूठान नगरपालिका-४ स्थित बाझाबारीमा लागेको माघी मेला तथा बृहत सास्कृतिक कार्यक्रममा कलाकार खुमन र सम्झनाको प्रस्तुतिले दर्शक झुम्मिएका थिए ।
प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले मेला महोत्सव मार्फत स्थानीय कला गलाको संरक्षण गर्न स्थानीय सरकार लागिपरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उपप्रमुख बर्माले मेला महोत्सवले स्थानीय स्तरमा लुकेर रहेका कला गलाको प्रस्फुटन गर्न सहयोग गरेकोले मेला महोत्सवको नियमितता जरुरी रहेको बताउनुभयो । यो क्षेत्रकाे संरक्षण गरेर आगामी पुस्तालाई जस्तातस्तै हस्तान्तरण गर्न सबैले सामुहिक प्रयत्न जरुरी रहेको उहाँको भनाई थियोे । स्थानीय कला गला र संस्कृतिको जगेर्नाममा सबैके अपन्त्व लिने गरि सहकार्य गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका सुपरिचित लोकदोहोरी गायक खुमन अधिकारीले हजारौं प्युठानी दर्शकलाई छमछमी नचाउनुभयो । प्युठानको माघी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम बाझाबारीमा उहाँले दर्शकलाई छमछमी नचाउनुभएको हो । उहाँले गायका लोकप्रिय दोहोरी तथा तिज गितहरुले दर्शकको मन जित्न्न सफल भएका छन् । चर्चित लोकदोहोरी गायक अधिकारीले दर्जनौँ गीत गाउदा दर्शकहरूले रमाइलो सँगसँगै तालीकाे गरगराहट बजेको थियो ।
प्यूठान नगरपालिका-४ स्थित बाझाबारी परम्परागत रुपमा माघी मेला लगाउदै आएको स्थानीय डुक बहादुर कार्कीले बताउनुभयो । केही वर्ष यो मेला रोकिएको भएपनि पछिल्लो समय भने स्थानीयको सक्रियतामआ माघी मेला गर्दै आएको उहाँले बताउनुभयो । परम्परागतरुपमा चल्दै आएको यो मेलामा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य रहेको बताउनुभयो ।
रातभर जागाराम बस्ने छोटी बस्ने रमाइलो गर्ने र बिहानपख झिमरुक नदिमा गएर स्नान गरेर कालिका थान पुगेर घरघर जाने दिउँसो माघी मेला लगाउने चलन रहेको बताउनुभयो । तरुल, फरौला, सेलरोटी, स्थानीय भेला भएर खाने मनोरञ्जन गर्ने प्रचलन समेत रहेको सुनाउनुभयो । यो कार्यक्रम हरेक वर्ष माघ १गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।
भित्रीकोट महोत्सवमा प्यूठान आइडलमा टपटेनमा परेका कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
माघी मेला तथा बृहत सास्कृतिक कार्यक्रम बाझाबारी प्यूठान
मेला मुल आयोजक समितिका अध्यक्ष अमर बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माको प्रमुख आतिथ्यता रहेक थियो । स्वागत तुकमान सिंह कार्कीको रहेको थियो कार्यक्रमको संचालन पत्रकार बोम बहादुर परियारले गर्नुभएको थियो ।