
प्यूठान । ऐरावती गाउँपालिका- ३ स्थित गोठ्ठा सामुदायिक वनमा
गोठालो गएका ब्यक्ति मृत फेला परेका छन । ऐरावती-३ अर्जाम बस्ने ५१ वर्षीय देव बहादुर राना जंगलको भीरदेखी तल मृत फेला परेको प्रहरीले जनाएको छ ।
पुस २९ गते बिहान गोठालो गएका राना बेलुका सम्म घरमा नआएपछि वनमा खोजतलास गर्दा शव फेला परेको थियो ।
माघ १ गते शवलाई पोस्टमार्टम गरि परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।