प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभियान संचालन गरेर वर्षौदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले ८५ जना फरार प्रतिवादी मध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको बताउनुभयो । उहाँले जवरजस्ती करणीमा सबैभन्दा बढी १३ जना, सवारी ज्यानमा ३ जना, बैङ्किङ कसुरमा २ जना र बहु बिवाह, कुटपिट, गालिबेईजति, सार्वजनिक अपराधमा फरार १/१ जना पक्राउ परेको बताउनुभयो ।
उक्त पक्राउ परेका ब्यक्तिबाट ६ वर्ष ३ महिना ११ दिन कैद असुल र १० लाख पच्चीस हजार रुपियाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बस्यालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा २० वर्ष अबधि अगाडीका समेत रहेको उहाँले बताउनुभयो ।

प्रहरीले पछिल्लो समय सामुदायिक सचेतनाका कार्यक्रमलाई गाउँगाउमा पुगेर संचालन गरेको जनाएको छ । नागरिक सुनुवाईदेखि बिभिन्न अपराध न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख बस्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय