प्यूठान । गाैमुखि गाउपालिकाकाे अर्खा देखि काठमाडौं सम्म बस सेवा संचालन हुने भएकाे छ ।
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा.लि. प्यूठानकाे आज बसेकाे कार्यसमितिको बैठकले अर्खा देखि काठमाडौं सम्म रात्रि सेवा दिने गरि २६ सिट क्षमता भएकाे एसि डिलक्स बस संचालन गर्ने निर्णय गरेकाे प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । बैठकले अर्खा काठमाडौं बस सेवा सुचारु गर्न चार वटा बस आवश्यक पर्ने निर्णय गर्दै ईच्छुक ब्यबसायिका लागि सूचना आह्वान गरिने प्रा.लि.का प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयाे ।
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा.लि.मा रही २१ बर्षसम्म कार्यालय प्रमुखकाे जिम्मेवारी सम्हाल्नु भएका घनश्याम घर्ती अबकास हुनुभएकाे छ । उहाँलाई एक कार्यक्रम गरि बिदाई गरिएको छ ।

कार्यालय सहायक प्रमुख बिकास सुवेदी कार्यालय प्रमुखमा र लेखापाल दिपेन्द्र श्रेष्ठ कार्यालय सहायक प्रमुखमा बढुवा हुनु भएकाे छ ।
घर्तीलाई उहाँले पाउदै आउनु भएकाे मासिक तलब बराबर एक बर्षकाे तलब, प्रमाणपत्र र दाेसल्ला ओढाएर सम्मान गर्दै प्रा.लि.का संरक्षक सुनिल बस्नेतले बिदाई गर्नु भएकाे थियो । बढुवा भएका सुवेदी र श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको थियो ।




S.K. Creative Media Group