प्यूठान । ऐरावती गाउँपालिका वडा नम्बर ५ स्थित शिशु कल्याण आधारभुत विद्यालय झिवाङ्गमा चार कोठे भवनको शिलन्यास गरिएको छ ।
आज एक कार्यक्रममा बीच ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , वडा अध्यक्ष चन्द्रबहादुर रोका , जनप्रतिनिधि ,विद्यालय व्यस्थापन समिति , कर्मचारीहरु लगायतको उपस्थितीमा शिलन्यास गरिएको हो ।

भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शाहले भवन निर्माण पश्चात विद्यार्थीलाई पढनमा सहजता हुने विस्वास लिएको बताउनुभयो । भवन समयमै सम्पन्न गर्न समेत उहाले आग्रह गर्नुभयो ।
७२ लाख लागतमा चार कोठे भवन संगै शौचालय पनि निर्माण गरिने छ । जेठ मसान्त सम्म भवन निर्माण हुने विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस आर्थिक बर्षमा यही प्रकृतिको भवन बाल शिक्षा प्रा.वि. ऐरावती गाउँपालिका ४ कैरन र बाल किरण प्रा.वि.ऐरावती गाउँपालिका १ सल्लीकोटमा पनि निर्माण हुने पालिकाले जनाएको छ ।



S.K. Creative Media Group