प्यूठान । प्यूठानमा विभिन्न पार्टी परित्याग गरि ५४ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेका छन । नवप्रवेसीहरूलाई प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाले बिहिबार पार्टीमा स्वागत गर्नुभयो ।
नवप्रवेशीलाई पार्टिमा स्वागत गर्दै सांसद थापाले एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउँदै एमालेको लक्ष्यमा नवप्रवेशीहरूको योगदान महत्वपूर्ण हुने बताउनुभयो ।
एमाले प्यूठानका निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’ का संयोजक मोहम्मद हलिम हलुवाईले सरुमारानी -२, ढांडबाट २८ र माण्डबि गाउपालिका -४ उदयपुरकोटबाट २८ घरसहित ५४ घर परिवार एमालेमा प्रबेश गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस, माओबादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हलिमले बताउनुभयो ।



S.K. Creative Media Group