प्यूठान । मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स प्यूठानको दोस्रो जिल्ला भेला तथा अधिवेशन सप्पन्न भएको छ ।
अधिबेशनले वेदराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा वेला सुनार, सचिव देवकिदेवी भण्डारी, सहसचिव टिकाराम पुन, कोषाध्यक्ष भुमा आचार्य रहनुभएको छ ।
सदस्यमा विष्णु बहादुर बस्नेत, विजय सिंह भारती, वोम बहादुर परियार र शरद पार्धे रहनुभएको छ ।



S.K. Creative Media Group