प्युठान । नेपाल निजामती कर्मचारी संगठन प्युठानको १२ औं जिल्ला अधिबेशन बिजुवारमा सम्पन्न भएको छ । सनिवार भएको १२ औं जिल्ला अधिवेशनले राम बहादुर बस्नेतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला) सागर पण्डित, उपाध्यक्ष (महिला) साबित्रा केसी (गिरी), सचिव बसन्त प्रसाद पोख्रेल, सहसचिव सित्तल आचार्य र कोषाध्यक्षमा गिर बहादुर घर्ती सर्वसम्मत चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा पुरन सिंह थापा, मित्रमणी पौडेल, बिष्णु प्रसाद गोराथोकी, बन्दना शाक्य, लिलाकुमारी चन्द, हेमन्ता शर्मा, पातली घर्ती, दिपक पुन, जुमान सिंह नेपाली, सन्तोष अधिकारी, नारायणी केसी, शिशिर पोख्रेल र दधिराम खनाललाई निर्वाचित गरेको हो ।

अधिवेशनको बन्दसत्रले लेखा समितिको संयोजकमा ओम भक्त थापालाई चयन गरेको छ भने यसोदा केसी र झयिन्द्र सुनार सदस्यमा चयन गरिएको संगठनका सचिब बसन्त प्रसाद पोख्रेलले जानकारी दिनुभयो । त्यसैगरी, केन्द्रीय प्रतिनिधिमा हरि पौडेल, पिताम्बर भण्डारी, राम बहादुर बस्नेत र नारायणी पोख्रेललाई चयन गरिएको सचिब पोख्रेलले बताउनुभयो । त्यस्तै प्रदेश प्रतिनिधिमा सित्तल आचार्य, उमा महतरा, राम बहादुर बस्नेत, मित्रमणी पौडेल र लोक बहादुर रानालाई चयन गरेको संगठनले जनाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवा ऐनमा छुटेका बिषयहरुलाई नियमावलीमा समेटेर सम्वोधन गर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानको १२ औं जिल्ला अधिवेसनको बन्द सत्रको समापन कार्यक्रमलाई शनिबार प्यूठानमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय सेवा ऐनमा सम्वोधन हुन नसकेका तर, महत्वपूर्ण बिषयलाई निमावली मार्फत सम्वोधन गर्ने बताउनु भएको हो ।‘धेरै सम्वोधन गर्दा गर्दै पनि केही कर्मचारी साथिहरुका गुनासाहरु रहेका छन् । ति रहेका गुनासाहरुलाई पनि सरकारको तर्फबाट मैले भनिरहेको छु, सकेसम्म छुटेका बिषयलाई नियमावलीले संवोधन गर्छौं । नियमावलीले पनि सम्वोधन गर्न सकिएन भने ति नमिलेका बिषयबस्तुलाई ऐन संशोधन गरेर भएपनि मिलाएर अघि बढ्न सकिन्छ’उहाँले भन्नुभयो,‘अव स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा, बढुवाको काम पनि अघि बढ्नेछन ।’

यस्तै मुख्यमन्त्री आचार्यले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको समेत बताउनु भएको छ । प्रदेश सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन निर्माण गरेर कार्यान्वयन तहमा लगिएको समेत स्पष्ट पार्नु भयो ।‘अवको एक महिना भित्र नियमावली बनाएर स्थानीय सेवा ऐनलाई कार्यान्वयन गर्छौं’उहाँले भन्नुभयो,‘प्रदेशमा समायोजन भएका दरबन्दी एकिन गर्ने काम समेत गरेका छौं ।

अधिवेसनको बन्द सत्रमा बोल्दै प्रतिनिधि सभा सदस्य सुर्य थापाले नेपालमा कर्मचारी तन्त्रमा देखिएका कैयन विकृति हटाउदै थप बलियो बनाउदै लैजानुपर्ने पर्ने बताउनुभयो। उहाँले निजामती ऎन कर्मचारीको हित हुने गरि ब्यवस्थित गर्ने गरि छलफल भैरहेकोले कर्मचारीहरु ढुक्कसँग जनताको काममा परिणाम निस्कने गरि खटन आग्रह गर्नुभयो । उहाँले राम्रो कामको लागि कर्मचारी अल्झनु नहुने बताउनुभयो । समस्या मसिनो गरि पहिल्याउदै नयाँ बन्ने संघीय निजामती ऎनमा एउटा साझा धारणा बनाएर अगाडि बढ्ने परेत्न भैरहेको बताउनुभयो । कर्मचारीमा समस्या र चुनौती छ सम्यमित हुँदै अगाडि बढनुपर्ने बताउनुभयो । ब्यवस्थापकिय कुशलता प्रदर्सन गर्दै जनताको काममा डटेर लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । कर्मचारीहरु आत्तिनु पर्ने छैन जनताको कार्य कुशलताका साथ गर्नेतर्फ लागौं उहाँले भन्नुभयो ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय पदाधिकारी दधिराम मरासिनीले कर्मचारीको वृद्धि बिकास, सेवा सुबिधाको लागि नयाँ बन्ने ऎनमा थप ब्यवस्थि हुने बताउनुभयो । सरकारले छिट्टै नयाँ ऎन जारी गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । कर्मचारीका मग र मुद्दामा संगठन कटिबद्ध भएर लागेको बताउनुभयो । कर्मचारीको सेवा सुबिधाका बिषयमा सरकार जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो। अहिले सरकारको ढुकुटी कमजोर भएको छ । त्यस बिषयमा समेत कर्मचारी जानकार छन् । कर्मचारीले आफुभित्र भएका विकृतिको अन्त्य गर्दै जनमैत्री प्रशासन बनाउन लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्माले जनप्रतिनिधिले नीति बनाइदिने हो कर्मचारी तन्त्रले त्यो नीति अनुसार काम गर्नुपर्ने बताउनुभयो । जब कार्यान्वयन पक्ष कमजोर हुन्छ तब राज्य कमजोर हुनेभएकोले कर्मचारीहरु जिम्मेवार भएर काममा लाग्नुपर्ने बताउनुभयो । त्यसको लागि कर्मचारी तन्त्र सबल सक्षम र जनमैत्री हुनुपर्नेमा जोड दिनुभयो । जनताको काममा कर्मचारीहरु एकठिक्का भएर आफू भित्रका कैयन विकृति विसंगति अन्त्य गर्दै जनमैत्री प्रशासन बनाउदै जानुपर्ने बताउनुभयो ।

नयाँ नेतृत्व चयनपछि आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित अध्यक्ष राम बहादुर बस्नेतले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। निजामती कर्मचारीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार, तथा प्रशासनिक प्रणालीलाई प्रभावकारी बनाउन आफ्नो नेतृत्वले सक्रिय भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले जिल्ला पार्टी सचिब इन्द्रमणी पोख्रेल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य काशीराम आचार्य, नेपाल निजामती कर्मचारी संगठनका प्रदेश उपाध्यक्ष टुक बहादुर रोका, नेपाल स्वास्थ्य प्राबिधिक संघको केन्द्रिय उपाध्यक्ष दुर्व कुमार पोख्रेल, महासंघ नेपाल प्युठानका अध्यक्ष दल बहादुर केसी, नेकपा एमाले प्युठान नगर कमिटी अध्यक्ष गिरु भण्डारी,  लगायतले सुवेच्छुक संघसंगठनका प्रतिनिधिले निजामती कर्मचारीहरूले जनताका लागि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

अधिबेशनको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय पदाधिकारी दधिराम मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो । वसन्त प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब सागर पण्डितले गर्नुभएको थियो । अधिबेशनको बन्दसत्रले संगठनकको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय