प्यूठान । अम्बिका माध्यमिक विद्यालय फाेप्लिमा स्थापना भएको सरस्वती मन्दिरकाे नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले आज उद्घाटन गर्नुभएको छ ।
विद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष एवम समाजसेबि बुद्दिराम भण्डारीकाे सम्झनामा परिवारकाे तर्फबाट निर्माण भएको सरस्वती मन्दिरकाे उद्घाटन गर्दै अध्यक्ष थापाले हाम्रो मौलिक सस्कार सस्कृति हराइरहेकाे अबस्थामा यसरी सामाजिक ब्यक्तित्वकाे सम्झनामा यस्ता सामाजिक कामले सामाजिक एकतामा महत्त्वपूर्ण याेग्दान पुर्याउने बताउनुभयो । थापाले सामाजिक भावना हराउदै गएकाे अबस्थामा हाम्रा बालबालिका लाई गलत बिचारबाटा टाढा राख्न अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । गाउँपालिकाले शिक्षा सुधारकालागि सुस्म रुपमा अध्ययन गरि आगामि बर्ष विशेष कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तारा बिकले बिधालयकाे बिकासका लागि भण्डारी परिवारले गरेकाे याेग्दान महत्त्वपूर्ण रहेकाे बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले समाजमा सकारात्मक बिकासका लागि निजि लगानिमा सरस्वति मन्दिर निर्माण गरि बालबालिकामा भावनात्मक रुपमा सिकाइ बिकास गर्न सहयाेग मिल्ने बताउनुभयो ।
२०१७ सालमा स्थापना भएको बिधालयमा पहिलाेपटक जेहन्दार अनुशासित बालबालिकालाई पुरस्कृत गर्ने गरि बुद्धिराम भण्डारीका जेष्ठ छाेरा दुर्ग प्रसाद भण्डारीले ५० हजारकाे अक्षकाेष स्थापनाकाे घाेषणा गर्नु भएको छ । त्यस्तै शिक्षा क्षत्रमा आफ्ना ८० बर्षिय बुबा नुमाराम सुबेदिले पुर्याएकाे याेग्दानकाे जिवन्तताका लागि राेज डायनामिक इङ्लिस बाेर्डिङका प्रिन्सिपल गाेबिन्द सुबेदिले पनि ५० हजारकाे अक्षकाेष स्थापनाका लागि घाेषणा गर्नु भएको छ ।
बुबाकाे सम्झनामा छाेराहरु दुर्गप्रसाद भण्डारी , भेषराज भण्डारी र मेगराज भण्डारीले करिब ३ लाखकाे लगानिमा सरस्वतिकाे प्रतिमा सहितकाे मन्दिर निर्माण गरि बिधालयलाइ हस्तान्तरण गरेका छन ।


S.K. Creative Media Group