प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाद्वारा ७६ बर्ष माथिका १२ जना जेष्ठ नागरिकलाई ओढ्ने न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको छ । बिहीवार झिमरुक गाउँपालिका-१, ले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ७६ वर्ष माथिका जेष्ठ नागरिकलाई एक एक थान ब्ल्यांकेट वितरण गरिएको हो ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र वडा नम्बर १ का वडा अध्यक्ष धुर्बराज खनालले संयुक्तरूपमा स्थानीय जेष्ठ नागरिकलाई एक एक थान ब्ल्यांकेट प्रदान गर्नुभएको छ ।

अत्यधिक चिसोले स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै वडाले आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो। यो बजेटबाट ७६ वर्ष उमेर पूरा गरेका ६ जना महिला र ६ जना पुरुष गरी जम्मा १२ जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट प्रदान गरिएको वडा अध्यक्ष धुर्बराज खनालले जानकारी दिनुभयो।

पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जेष्ठ नागरिक सबैका मार्गदर्शक भएकोले सबैले सम्मान र हेरचाह गर्नुपर्ने बताउनुभयो । वृद्धवृद्धाहरुलाई हरेक अभिभावकले सम्मानको दृष्टिकोण राख्नुपर्ने उहाँले बताउनुभयो । आफ्ना बुढा बाआमाको हेरचाह गर्नु सबैको दायित्व भएकोले कर्तव्य ठानेर परिवारको सेवामा ध्यान दिन अभिभावकलाई अध्यक्ष महतरा क्षेत्रीले आग्रह गर्नुभयो । पालिका भित्रका सबै वडाका जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वृद्धवृद्धाहरुलाई ब्लाङकेट तथा अन्य सामाग्री वितरण गर्दै आएको बताउनुभयो ।

गाउँपालिकामा बजेट सीमित भएकाले एकैपटक सबैलाई न्यानो ब्ल्यांकेट उपलब्ध गराउन नसकिएको भएपनी क्रमश सबै जेष्ठ नागरिक बिच यो कार्यक्रमलाई प्राथमिकता दिएर जाने अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो । जेष्ठ नागरिकलाई ब्लाङकेट हस्तान्तरण कार्यक्रमले केही सहजता ल्याउने अपेक्षा गरिएको छ। जेष्ठ नागरिकलाई चिसोबाट बच्नको लागि ब्लाङकेट पाउँदा राहत मिलेको र यो प्रयासले समुदायमा सकारात्मक सन्देश प्रबाह गरेको बताउनुभयो।

वडा अध्यक्ष धुर्बराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पित बहादुर महतरा क्षेत्रीको रहनुभएको थियो। जेष्ठ नागरिक कार्यक्रममा शिक्षा शाखाका पुष्प राना, इन्जिनियर अशोक जिसी जनप्रतिनिधि, कर्मचारी, जेष्ठ नागरिक, अभिभावक लगायतको उपस्थिति रहेको थियो भने वडा सदस्य शंकरप्रसाद पोख्रेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिब प्रकाश जिसीले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय