प्युठान । झिमरुक गाउँपालिकाकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले पालिकामा रहेका सामुदायिक विद्यालयहरूको अनुगमन सुरु गरिएको छ । शुक्रबार  वडा नम्बर ४ स्थित दिपेन्द्र प्राथमिक विद्यालय बाङ्गेमरोटको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, उपस्थिति लगायतका बिषयमा अनुगमन गरिएको हो ।

विद्यालय अनुगमन क्रममा अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विद्यालयलाई शैक्षिक गुणस्तर वृद्धिका लागि ठोस कार्य योजना तयार बनाउदै सोही कर्ययोजना अनुसार अगाडि बढ्न सुझाव दिनुभयो । बिद्यालयको अन्य सहयोगमा स्थानीय सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । “शैक्षिक गुणस्तर सुधार हाम्रो प्राथमिकता हो। शिक्षक योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ। स्थानीय सरकार हरेक चुनौतीमा विद्यालयको साथमा छ।”

उहाँले यस वर्ष परीक्षामा विद्यार्थीको उत्तीर्ण दर बढाउने तर्फ अहिलेबाटै सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष एमसीले शैक्षिक सुधारका लागि निरन्तर प्रयास आवश्यक रहेको भन्दै स्थानीय सरकारको तर्फबाट नियमित अनुगमन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमनको क्रममा विद्यालयको भौतिक संरचना, शिक्षण सिकाइको अवस्था र पारदर्शिताका विषयमा शिक्षकसँग समेत प्रत्यक्ष छलफल गरिएको थियो । यस बिद्यालयको लागी गत वर्ष देखि ४ कोठे भवन निर्माण सुरु गरिएको छ । रकम अभावमा काम पूरा भएको छैन । सुरु गरिएको भौतिक पुर्वाधार अन्तर्गत ४ कोठे भवन यसपटक सम्पन्न गरिने जानकारी दिनुभयो । सामाजिक बिकास कार्यालय बिजुवारको ५ लाख र बाकी सम्पन्न गर्न अपुग रकम पलिकाको थप गरेर भवनको काम गरिने जानकारी दिनुभयो ।

कार्यक्रमका गाउँपालिका शिक्षा शाखा प्राबिधिक सहायक पुष्प राना, इन्जिनियर अशोक जिसी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक सुधा सिंह शिक्षक बिद्यालय अभिभावक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय