
प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको प्यूठान जिल्लाको नतिजामा मल्लरानी गाउँपालिका अगाडी रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको कार्यविधि अनुसारको मूल्यांकनमा उच्चतम प्रदर्शन गर्ने स्थानीय तहमा मल्लरानी गाउँपालिका परेको हो ।
मल्लरानी गाउँपालिकाले १०० अंकमा ९० दशमलव ५ अंक प्राप्त गरेको छ । विभिन्न पाँच वटा विषय क्षेत्रमा मूल्यांकन गर्ने गरिन्छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन विषय क्षेत्र रहेका छन ।