प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकाको सभा हलमामा सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले नसर्ने रोगबाट वर्षेनि हजारौं मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको तथ्यांक रहेको भन्दै सबैले आफ्नो गलत आनिवानिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । उहाँले समुदायका नागरिक स्वस्थ नभएसम्म समाज स्वस्थ हुन सक्दैन। उहाँले जव नागरिक स्वस्थ हुदैनन् तब मुलुक समृद्ध हुन सक्दैन त्यसैले मानिसले कतिपय आफ्ना गलत आनिबानी त्याग्नुपर्ने बताउनुभयो ।

“हामी स्वास्थ्य अभियानमा छौ ।” उहाँले भन्नुभयो, “यो अभियान सफल बनाउन सबैको सहकार्य जरुरी हुन्छ ।” सबै मिलेर सर्ने, नसर्ने रोग र खोप बारे स्थानीय स्तरमा सचेतता अभियान मार्फत जनताको घरदैलोमा पुर्याउन सबै मिलेर लाग्नुको विकल्प छैन । मानव जीवन अमुल्य छ, स्वास्थ्यको पहिले ख्याल गरौं। मानिसको आफ्नो दैनिक आनिबानी र जीवनशैलीको कारण नसर्ने रोग बढ्दै गएकोले सबैले सर्ने रोग बारे सचेतता अपनाउदै जिवनशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ्य जिवनको परिकल्पना सहित आम नगरिक जिवनलाई परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो । पालिकाले स्थानीयलाई स्वास्थ्यको पहुँचमा ल्याउन  स्थानीय सरकारले ठोस योजना बनाएर अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुदायमा भएका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, लगायतको भुमिका महत्त्वपूर्ण भएकोले जिम्मेवार भएर अभियानमा जोडिन जिल्ला स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन निरीक्षक कौशल राज बैधले आग्रह गर्नुभयो । खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै जानुपर्ने र खोप बारे आम नगरीकले जानकारी पाउनुपर्ने बताउनुभयो । जिल्लामा करिब १० हजार नगरीकलाई प्रारम्भिक स्वास्थ्य परिक्षण गर्नेगरी कार्यालयले योजना बनाएको बताउनुभयो । उमेरको हिसाबले ३० वर्ष माथिका नागरिकको प्रारम्भिक स्वास्थ्य परिक्षण चेकजाँच अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

दूषित वातावरणीय प्रभाव, खानपान र खराब आनिवानीको कारण नेपालमा नसर्ने रोगको प्रकोप बढाएकोले नागरी खानपिन आनिवानी र दैनिक रहनसहनमा परिवर्तन जरुरी रहेको जनस्वास्थ्य निरीक्षक राजकुमार खड्काले बताउनुभयो । दूषित वातावरणीय प्रभावले उच्च रक्तचाप, मधुमेह र मोटोपनले हृदयघात, स्ट्रोक र अन्य गम्भीर रोगको जोखिम बढाएको छ । त्यसैगरी, व्यवहारजन्य कारकमा धूम्रपान, मदिरा सेवन, असन्तुलित आहार र शारीरिक गतिविधिको अभावले स्वास्थ्यमा नकारात्मक असर पार्दै दीर्घकालीन रूपमा मृत्युदर बढ्दै गएकोले नागरिक सचेत हुनुपर्ने जनस्वास्थ्य निरीक्षक खड्काले बताउनुभयो ।

नेपालमा खराब आनिबानी र जीवनशैलीको कारण नसर्ने रोगको कारण मृत्यु हुने संख्यामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो प्रतिबेदन अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३ सय ३१ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । त्यो मध्ये पहिलो मुटुरोग, दोस्रो श्वासप्रश्वास र तेस्रो क्यान्सर रोगबाट मृत्यु हुने मुख्य कारण बनेको तथ्यांकले देखेको छ । जीवनशैलीका कारण अहिले सर्ने रोग भन्दा नसर्ने रोगको प्रकोप बडेर गएको जनस्वास्थ्य निरीक्षक खड्काले जानकारी दिनुभयो ।

यो तथ्यांकले सर्ने भन्दा नसर्ने रोग तिब्र्रतर वृद्धि हुँदै गएको देखाएकोले सबै नागरिक सचेत हुनुपर्ने र आफ्नो शरीर नियमित रुपमा प्रारम्भिक स्वास्थ्य परिक्षण अनिवार्य गर्नुपर्ने, यसो गर्दा रोग समयमै पहिचान भइ  उपचार गर्न सहज हुने जानकारी दिनुुुभयो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिकास केसीले नसर्ने रोगको पहिचान तथा नियन्त्रण गर्नको लागि गरियको सर्वेक्षणको तथ्यांक सहितको प्रगति प्रस्तुत गर्नु भयको थियो । समुदाय तहसम्म रोग बारे सचेतनाका कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।

झिमरुक गाउँपालिकका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन निरीक्षक कौशल राज बैध, जनस्वास्थ्य निरीक्षक राजकुमार खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधिहरु, शाखाका प्रमुखहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय