
प्यूठान । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाको सरुवा भएको छ । छ महिना बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा बिदाई गरेको हाे ।
बिदाई कार्यक्रममा झिमरुक गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक तुलस बहादुर बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको रुपमा थापाको कार्यालयमा गर्नुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा थापाको योगदान अतुलनीय रहेको बताउनुभयो ।
झिमरुक गाउँपालिकाका प्रशासन प्रमुख हरी प्रसाद पोख्रेलले थापाको समर्पण र इमानदारिताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हरेक कार्यालयमा थापा जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याउनुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत थापाले आफ्नो कार्यकालभरि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै झिमरुक गाउँपालिकामा काम गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताउनुभयो ।
शाखा अधिकृत भएपछि पहिलोपटक झिमरुक गाउँपालिका सँगको सम्बन्ध सँधै कायम रहने प्रतिबद्धता व्यक्त गर्दै, उहाँले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्यको अपेक्षा राख्नुभयो ।
थापा सरुवा भएर इलाका प्रशासन कार्यालय जसपुर जान लाग्नुभएको हो । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले सहभागीता रहेको थियो ।