प्यूठान । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्यले व्यवसायीको हितमा राज्यले कदम नचालेको बताउनुभएको छ । राज्यको व्यवसायीलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नहुँदा व्यवसायी पलायन हुने गरेको बताउनुभयो ।
प्यूठान उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनमा प्रमुख अतिथी रहनुभएका आचार्यले विदेशमा कर तिर्ने नागरिकलाई राज्यले सम्मान पूर्वक हेर्ने गरेपनि नेपालमा फरक ढंगले बुझ्ने गरेको उहाँले बताउनुभयो । “व्यवसायीलाई राज्यले पोजेटिभि रुपमा हेर्दैन,” उहाँले भन्नुभयो, “हामीले राज्यलाई बुझाउने प्रत्यन गरिरहेका छौ तर पनि हुन सकेको छैन ।”
व्यवसायीले सवैभन्दा बढी कर तिर्ने भएपनि व्यवसायीलाई सोही रुपमा राज्यले नलिएको उहाँको गुनासो छ ।संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ण उपाध्यक्ष प्रमोद पोख्रेल, प्रगति प्रतिवेदन महासचिव सन्देश आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यष झविन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सर्वसम्मत रुपमा निर्वाचित नयाँ कार्यसमितिको पद तथा गोपनियताको सपथ समेत भएको छ ।



S.K. Creative Media Group