प्यूठान । प्यूठान क्याम्पस खलंगा प्यूठानको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेविसंघ र अखिल छैठौंको साझा प्यानलबाट उम्मेदवार बनेका ओली विजयी हुनुभएको हो ।
अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पछि पार्दै वली विजयी हुनुभएको हो । वलीले ४६ र भुसालले ३४ मत प्राप्त गर्नुभएको थियो । १०५ जना विद्यार्थी मध्ये ८० मत खसेको थियो ।
सचिवमा सावित्रा नेपाली, कोषाध्यक्ष खिमा घर्ति मगर र सदस्यमा अनुस्का शाही, आरती थापा मगर र जुना कसाई निर्वाचित हुनुभएको छ ।



S.K. Creative Media Group