प्यूठान । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले जलवायु परिवर्तनको असर अहिले स्पष्ट रुपमा देखिन थालेको बताउनुभएको छ । जलवायु परिवर्तन सम्वन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले जलवायु परिवर्तनले अहिलेको जनजीवनलाई प्रभावित गरेको बताउनुभयो ।

उहाँले विकास भनेकै सडक लगायतका भौतिक निर्माण भन्ने सोंचका कारण जलवायु लगायतका सामाजिक विषय ओझेलमा परेको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाले यस्ता विषयलाई अगाडी ल्याउनुपर्ने र त्यसका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । आगामी वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सहभागीले जलवायु परिवर्तनले कृषि, वन क्षेत्र, खानेपानी लगायत समग्र क्षेत्रमा पारेको असर, जलवायु अनुकुलनका उपायहरुका बारेमा छलफल गरेका थिए । जलवायु परिर्वतनको विषय दुई दशक अघिदेखि सुन्दै आएपनि अहिले त्यसको प्रत्यक्ष महशुस हुन थालेको सहभागीको भनाई छ । यी सवाललाई सम्वोधन गर्न स्थानीय सरकारको योजना छनौटमा समावेश गर्नुपर्ने उनीहरुको भनाई छ ।


दलित लाईभ्स म्याटरसँगको साझेदारीमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सहजीकरण मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय