बिराटनगर । पत्रकार तथा प्रगतिवादी समालोचक टीका बस्नेतकाे ‘मार्क्सवाद र सञ्चार’ पुस्तककाे विमाेचन गरिएकाे छ ।
प्रेस चाैतारी नेपालकाे दशाैँ अधिवेशनका अवसरमा शनिबार नेकपा एमालेका महासचिव शङ्कर पाेखरेलले पुस्तक विमाेचन गर्नुभएकाे हाे ।

नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धानरत बस्नेतकाे चाैथाे कृति मार्क्सवाद र सञ्चार हाे । बस्नेतका मार्क्सवाद र उत्तरआधुनिकतावाद,क्रोधित मनहरू र मुक्तिका आवाज दर्शन,मुक्तक र गजल सङ्ग्रह प्रकाशित छन् ।
नेपाली भाषा-साहित्यमा दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेख प्रकाशन गरिसकेका बस्नेतले यस कृतिमा सञ्चार र मार्क्सवादको सम्बन्धबारे विशेष चर्चा गरेका गर्नुभएकाे छ ।
पुस्तकमा मार्क्सवादी विचारधारा, समाजवादको ढाँचा, द्वन्द्ववाद, वर्गसंघर्ष, क्रान्तिका चरणहरू तथा सञ्चार सिद्धान्त विषयलाई समेटिएको छ। पुस्तकमा सूचना प्रविधि युगमा मार्क्सवादी सञ्चार सिद्धान्तको सान्दर्भिकता विश्लेषण गरिएको छ।

पुस्तककाे विमाेचन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पाेखरेलले पछिल्लाे पुस्ता अध्ययन र लेखनका क्षेत्रमा चासाे नदेखाइरहेकाे अवस्थामा बस्नेतकाे लेखनले युवा पुस्तलाई लेखनमा थप आकर्षित तुल्याउने बताउनुभयाे । उहाँले पत्रकारहरु समाचार मात्र नभई दर्शनमासमेत अब्बल छन् भन्ने मार्क्सवाद र सञ्चारका पुस्तकबाट बस्नेतले पुष्टि गरेकाे बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय