प्यूठान । गौमुखी गाउँपालिका वडा नम्वर ५ स्थित जनसहयोगी माध्यमिक विद्यालयको कक्षा ५ को नतिजामा कैफियत भेटिएको छ । यस वर्षको कक्षा ५ को वार्षिक परीक्षाको नतिजामा फेल भएका विद्यार्थीलाई समेत उत्र्तिण गराएको भेटिएको हो ।
गाउँपालिकाले चैत ११ गते पालिका भित्रका कक्षा ५ र कक्षा ८ को नतिजा सार्वजनिक गरेको थियो । जसमा जनसहयोगी माध्यमिक विद्यालयका कक्षा ५ का १७ जना विद्यार्थीमध्ये १५ जना उत्र्तिण भएका छन् । उत्र्तिण प्रतिशत ८८ दशमलव २४ छ ।

गाउँपालिकाले सूचना निकालेको भोलिपल्ट विद्यालयले नतिजा प्रकाशन गरेको छ । उसले पनि आफ्ना १७ विद्यार्थीमध्ये १५ जना कक्षा ५ मा उत्र्तिण भएको सूचनामा उल्लेख गरेको छ । तर गौमुखी गाउँपालिकाको कक्षा ५ को लेजरमा १७ विद्यार्थी मध्ये ८ जना विद्यार्थी फेल भएको भेटिएको छ ।

नतिजा सार्वजनिक भएपछि जनसहयोगीलाई सामाजिक सञ्जालमा धेरैले बधाई समेत दिएका थिए । उक्त घटना बाहिर आएपछि अहिले गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षाको विषयमा सवैले चासो र चिन्ता व्यक्त गरेका छन् । यस विषयमा पालिकाले कुनै पनि धारणा सार्वजनिक गरेको छैन ।



S.K. Creative Media Group