प्युठान । ऐराबती गाउँपालिका-५, ले सबै बालबालिकालाई बिद्यालय पहुँचमा ल्याउन स्थानीय जनप्रतिनिधि, शिक्षक र सरोकारवाला मिलेर गाउँगाउँमा विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको छ ।
मंगलबार ऐरावती गाउँपालिका वडा नम्बर ५ भित्रका बिद्यालय छोडेर बसेका बालबालिकालाई पुनः भर्ना गर्ने विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, शिक्षक तथा सरोकारवाला सँगसँगै आफुहरु पनि भर्ना अभियानमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको हो।
वडाका समुदाय स्तरमा बिद्यालय बाहिर रहेका बालबालिकालाई पुन: बिद्यालयमा भर्ना गर्न समुदाय तहमा पैरवी गर्दै आएको वडा स्तरिय सहनशिल बाल संजालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा संजालले तयार पारेको प्रतिबेदन सचिब सिमा बादीले प्रस्तुत गर्नु भएको थियो । बिद्यालय बहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबैले हातेमालो गरेर अभियान गर्नुपर्ने उक्त प्रतिबेदनको निष्कर्ष रहेको छ ।
ऐराबती गाउँपालिका-५ मा सामाजिक तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहनशिल बाल संजालले समुदायमा गरेको सर्वेक्षण आधारमा तयार पारेको तथ्यांक अनुसार ऐरावती गाउँपालिका-५ मा मात्र १३ जना बालबालिका बिद्यालय बाहिर रहेका छ्न । ति मध्ये ४ जना बालबालिका १३ बर्ष मुनिका रहेका प्रतिबेदनले देखाएको छ्। नेपाल सरकारको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ मा आधारभुत तहसम्म अनिवार्य र माध्यमिक तहसम् निशुल्क शिक्षाको ब्यबस्था हुने भनी उल्लेख भएपनी ऐरावति गाउँपालिका-५ मा रहेका १३ जना बालबालिका बिद्यालय पहुँच भन्दा बाहिर रहनु दु:खद भएको भन्दै सरोकारवालाले आफ्ना नानिबाबुलाई पुन: बिद्यालय भर्ना गर्न सबै सरोकारवाला लाग्नुपर्ने बताएका छ्न ।
सहनसिल बाल संजालका उपाध्यक्ष पुस्पा खत्रीको अध्यक्षता तथा ऐराबती गाउँपालिका-५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन बाल संजालका चुमा नेपालिले गर्नु भएको थियो ।



S.K. Creative Media Group