प्युठान । दलित अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार झिमरुक गाउँपालिका-६, टोरवाङ्गमा दलित समुदायको हक अधिकार सम्बन्धी जानकारी गराउने उद्देश्यका सहित दलित ससक्तिकरण कार्यक्रम गरिएको हो।

झिमरुक गाउँपालिका -६ ,तोरबाङ्गको चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत दलित ससक्तिकरण कार्यक्रमको आयोजना गरिएको वडा सचिब राम कुमार चौधरीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा वडाका विभिन्न बस्तिबाट ४० जना दलित बर्गका महिला पुरुषहरूको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष धन बहादुर पुनले दलित समुदायलाई ससक्तिकरणको माध्यमबाट सामाजिक परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ससक्तिकरण सँगसँगै आय आर्जन र उत्पादनका क्षेत्रमा जोडेर जीवनशैली सुधार गर्नुपर्नेमा जोड दिनुभयो । जातका आधारमा गरिने भेदभाव र छुवाछूतजन्य अपराध कानूनी रुपमा उन्मूलन भए पनि व्यवहारिक रुपमै अन्त्य गरेर सभ्य समाज निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । त्यसको लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताउनुभयो

दलितहरुको शिक्षा, स्वास्थ्य, विभेद विरुद्धको अधिकार र भूमिको अधिकारलाई संविधानमा प्रदत्त अधिकार, समाजिक दायित्व, दलित अधिकार र कार्यान्वयनमा देखिएका समस्याको बारेमा पत्रकार राम बहादुर बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो।

वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा सम्पन्न दलित ससक्तिकरण कार्यक्रमको सहजीकरण पत्रकार राम बहादुर बिश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य मित्रु गिरी, राधिका बि.क, खिमा कुमारी श्रेष्ठ, वडा सचिब राम कुमार चौधरी लगायत दलित महिला पुरुषहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन जयन्ता गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय