काठमाण्डौं । नेकपा (एमाले) प्यूठान–काठमाडौं सम्पर्क मंचले एसईई र कक्षा १२ उत्र्तिण तथा उत्कृष्ट नतिजा हासिल गर्ने प्यूठानका विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिवार प्यूठान स्थायी घर भई काठमाण्डौँ लगायत जिल्लामा अध्ययनरत १ सय ५३ जना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच मंचले सम्मान गरेको हो ।
नेकपा एमाले प्यूठान जिल्ला इन्चार्ज एवं संघीय सांसद् सूर्य थापाले सफल विद्यार्थीहरुलाई टिका र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । काठमाण्डौँमा मंचले सम्मान तथा तिज विशेष कार्यक्रमको आयोजना गरेको मंचका अध्यक्ष शंकर जिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिका ४ सापडाँडाकी कक्षा १२ उतिर्ण विद्यार्थी पृषा सुवेदी र एसईईमा उत्तिर्ण प्यूठान जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने प्रज्वल पौडेल र बिज्ञान विषयमा सर्वोत्कृष्ट अंक ल्याउने प्रवेश श्रेष्ठले आफ्ना अनूभुति र शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा एमाले प्यूठान जिल्ला इन्चार्ज एवं संघीय सांसद् थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, मंचका अध्यक्ष शंकर जिसीको अध्यक्षता र सचिव पदम थापाको संचालन रहेको थियो । संविधानसभा सदस्य हिरा बहादुर केसी, एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट, विद्यार्थी नेता धर्म गिरी, रामचन्द्र भणडारी, आरसी लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मंचका उपाध्यक्ष अशोक पुरीले स्वागत मन्तव्य राख्नुभयो । प्यूठानका विभिन्न पालिकाबाट आएर काठमाण्डौँमा बसोवास गरेका करिव चार सय जनाको उपस्थिती रहेको सम्पर्क मंचले जनाएको छ ।






S.K. Creative Media Group