प्युठान । लामो समयको बर्खे बिदा सकिएपछि झिमरुक गाउँपालिकाका सामुदायिक बिद्यालयहरु शुक्रबार देखि सञ्चालनमा आएका छन् । एक महिने लामो बिदा सकिए लगत्तै यहीँ शुक्रबार ६ गतेदेखि पालिकाका सामुदायिक बिद्यालयहरु नियमित सञ्चालनमा हुने भएका हुन ।

झिमरुक गाउँपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने योजना समेत बनाएको छ । बन्द भएका बिद्यालय खुलेपछि बिद्यालयलाई पालिकाको योजना अनुसार कसरी अगाडि बढाउने भन्ने उद्देश्य सहित प्रधानाध्यापकहरुसँग नियमित बैठक बस्ने गरेको पालिकाले अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले पालिकाको शैक्षिक गुणस्तर वृद्धिको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नियमित बैठकमा स्थानीय पाठ्पुस्तकलाई थप व्यवस्थित गर्दै लैजानुपर्ने र समग्र शैक्षिक सुधारमा जोड दिने गरि छलफल भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षकले विद्यार्थीको मनोभावना बुझेर पाठ्ययोजना तयार गरि पठनपाठनमा जोड दिन सुझाव दिनुभयो । पालिकाको शिक्षा शाखाले बनाएको शिक्षक डायरी वितरण गरिएको थियो ।

यसपटकको एसइइ र कक्षा १२ को परिक्षामा झिमरुक गाउँपालिकाले उत्कृष्ट स्थान हासिल गरेको छ । अघिल्लो शैक्षिकसत्रको तुलनामा यो शैक्षिकसत्रमा परिक्षाको नतिजामा उल्लेखनीय सुधार भएको हो ।

पालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा पालिकाको सभाहल्मा भएको बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, सुचना प्रविधि अधिकृत सुबास घिमिरे, सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो भने बैठकले सहजीकरण शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय