सन्धिखर्क । गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिलेखोला स्थित सडक कालोपत्रे गर्नेक्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागेर नष्ट भएको छ । हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भइ उक्त गाडि र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्र र मट्टितेल) जलेर नष्ट भएको हो ।

शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल बर्दश प्रतिभा सम्झना जे.भी.कन्ट्रक्शन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएको थियो । सोमबार साँझ ६ बजे ट्याकंरमा आगो लागि भएको खनाल बर्दशका प्रमुख कविराम खनालले बताउनुभएको छ ।

“वस्ती नभएको जंगल एरियामा मेरो टिमले काम गर्दै थियो, आगो निभाउने प्रयास गर्दापनि नियन्त्रणमा लिन सकिएन ।” खनाल बर्दश कन्ट्रक्शन प्रमुख खनालले भन्नुभयो,“एक्कासी आगो लाग्यो, डिस्ट्रिब्युटरमा आगो लाग्यो, अलकत्र र मट्टितेल चुहिएर सडकको नालीमा बग्न थाल्यो ।” उहाँले मानविय क्षति नभएपनि आगो लागिबाट करिब ६० लाखको क्षति भएको बताउनुभयो ।

घटना भएको थाहा पाएपछि ठाडा प्रहरीचौकीबाट प्रहरी निरिक्षक रिषिराम घर्ति मगरको नेतृत्वमा खटिएको प्रहरी टोली, थानिय बासिन्दा, सडकमा हिडिरहेका यात्रु र निर्माण कम्पनीको टोली खटेपछि करिब २ घण्टापछि आगो नियन्त्रणमा
आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर