चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।
बिहान इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिंग र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाटको टोलीले खोजीकार्य गरिरहेको छ । कार त्रिशुली नदीमा आधी भाग देखिएको अबस्थामा रहेको ।
ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिएको भए पनि यकिन संख्या भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।