प्युठान । जिल्लाको ऐतिहासिक लुङ मन्दिर भण्डार कोठामा राखिएको बाकस चोरी भएको छ। गएराती मन्दिरमा उठेको आर्थिक संकलन र अन्य कागजात राख्न प्रयोग हुँदै आएको बाकस चोरी भएको हो।
नौबहिनी गाउपालिका वडा नम्बर ६ लुङ स्थित रिजाल बन्धुहरुको कुलघर मदिरको मुलढोकामा तोडफोड गरेर अपरिचित समुहले रातिको समयमा बाकस चोरी गरेर लगेको प्रहरीले जनाएको छ । चोरी भएको उक्त मन्दिरमा अहिले प्रहरी, जनप्रतिनिधि र स्थानीय पुगेर अनुसन्धान गर्ने काम भैरहेको छ।
शंकास्पद चार जना ब्यक्तिलाई प्रहरीले सोधपुछको लागि इलाका प्रहरी कार्यालय लुङ बहानेमा लगिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो। गएराती ती चार जनाको समुहले गाउँमा होहल्ला गरेको बुझिन आएकोले उनिहरुलाई सोधपुछको लागि लगिएको खनालले जानकारी दिनुभयो ।
सो मन्दिरको माथिल्लो तलामा केही नगरिएको बुझिएको छ । उहाँले भन्नुभयो, “लल्लो तलामा रहेको भण्डारकोठामा राखिएको एक बाकस चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय पुजारीका अनुसार उक्त बाकसमा ७ हजार ५ सय रुपैयाँ जति मन्दिरमा उठेको भेटि रकम रहेको र सो रकम चोरी भएको जानकारी दिनुभयो । अन्य जिन्सी सामनमा केही क्षति नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अहिले घटना स्थलमा मुचुल्का उठाउने काम भैरहेको र थप अनुसन्धानको लागि प्रहरीले आफ्नो प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।
बिहान कुलघर नजिकैका स्थानीयले कुलघरको गेट फोडिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको स्थानीय पत्रकार महेश थापाले जानकारी दिनुभयो । कुल घर नौबहिनी गाउँपालिका वडा नम्बर ६ लुङको ठूलो गाउँमा रहेको छ।प्युठानको ऎतिहासिक महत्त्व रहेको लुङ्गाली रिजाल बन्धुहरुको कुलपुजा गर्ने कुलघरमा प्रत्येक ५ वर्षको अन्तरमा देशभर छरिएर रहेका रिजाल बन्धुहरुले लुङमा रहेको कुलमन्दिर पुगेर कुलपुजा गर्ने गर्दछ । उक्त मन्दिरमा गएर भाकल गरे मनोकामना पूरा हुने समेत जनविश्वास रहेको छ।