प्यूठान । ऐरावती गाउँपालिकाको चालू आर्थिक वर्षको प्रथम चौमासिक भएगरेका योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएगरेका योजना तथा कार्यक्रमको प्रगति प्रतिबेदन प्रस्तुत गरि सार्वजनिक गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले स्थानीय तहलाई सबल र सक्षम बनाउन पालिकाले जनताको आवश्यकता र मागलाई ध्यान दिएर बिकास निर्माणका काम गरेको बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता क्रमश पुरा गर्दै गएका छौँ’ उहाँले भन्नुभयो, पालिकाको बिकास र समृद्धिको लागि हामिले जे बोलियो त्यहीँ काम पूरा गर्दै आएको बताउनुभयो । केही अधुरा र अपुरा बाकी काम सबैसँगको सहकार्यमा पुरा गर्दै जाने बताउनुभयो ।

ऐरावती गाउँपालिकाको प्रथम चौमासिकसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्माले आफ्नो प्रगति प्रतिबेदन मार्फत जानकारी गराउनुभयो। उहाँका अनुसार पहिलो चौमासिककओ हालसम्म १७ दशमलब ९६ प्रतिशत बित्तिय प्रगति भएको छ । पालिकामा १५ शैयाको अस्पताल, बृहत बरौला खानेपानी तथा झिमरुक बिजुली लिफ्ट खानेपानी लगायतका ठुला योजनाहरुको काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत बिश्वकर्माले बताउनुभयो । अन्य साना भौतिक पुर्वाधारका कतिपय योजना  उपभोक्ता मार्फत भैरहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा ऐरावती गाउँपालिका-६ बिजुलीमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्मा, गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, जनप्रतिनीधी, कर्मचारी र वडाका नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय