प्यूठान । प्यूठानमा नेपाल रेडक्रस सोसाइटीको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी प्यूठानमा सुरु भएको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी प्यूठानको समन्वय र नेपाल यु्वा रेडक्रस सर्कल, स्वर्गद्वारी बहुमुखी क्याम्पसको आतिथ्यतामा दुई दिने प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी शुरु भएको हो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै रेडक्रस आफैमा परोपकारी तथा सहयोगी संस्था भएकोले प्राकृतिक प्रकोप तथा विपत्तीमा  युवाहरुलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो । त्यसको लागि युवाहरूलाई सशक्तिकरण गर्दै जानुपर्ने बताउनुभयो । यो कार्यक्रम फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

स्वर्गद्वारीबहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काले युवाहरुमा सामाजिक भावनाको विकासमा यस गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो सामाजिक संरचना मदिरा सेवन, आत्महत्या, आर्थिक समस्याले युवाहरु समस्याग्रस्त बनेको भन्दै युवाको सशक्तिकरण अपरिहार्य रहेको बताउनुभयो ।

युवा सशक्तिकरण गोष्ठीमा युवा नेतृत्व परिवर्तक अभियानको जानकारी तथा उत्पे्ररणा, युवा रेडक्रस सर्कल गठन प्रक्रिया, रेडक्रसका अभियान, समस्या, चुनौती र समाधान, युवा सहभागिता लगायतका विषयमा युवाहरुलाई प्रशिक्षित गरिने नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले जानकारी दिनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, जिल्ला सभापति गुमान राज पुलामी, स्ववियु सभापति टेक बहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको ९ जिल्लाका गरि ३० जनाको युवायुवतीहरुको सहभागीता रहेको छ । गोष्ठीबाट प्यूठान घोषणा प्रस्तुती तथा पारित गर्ने समेत तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय