शोभाखर पन्थी
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका प्रवक्ता मोतिजङ्ग रायमाझीले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको वताउनु भएको छ । भगवती माध्यमिक विद्यालय कुर शंखेटारीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै उहाँले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त हुन नसकेको धारणा राख्नुभयो ।
वर्तमान शिक्षा प्रणालीका कारण देशमा बेरोजगारी बढेको उहाँको तर्क थियो ।सन्धिखर्क-२ का वडाअध्यक्ष समेत रहनुभएका उहाँले बढ्दो बैद्धिक पलायन रोक्न र बेरोजगारीको अन्त्यको लागि वैज्ञानिक र जनवादी शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिनुभयो ।रायमाझीले नेपालमा राजनीतिक परिवर्तन भए पनि सामाजिक र आर्थिक रुपान्तरण हुन नसकेको गुनासो गर्नुभयो । उहाँले तत्काल शिक्षा ऐेन जारी गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
कार्यक्रममा भगवती माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल,प्रधानाध्यापक ध्रुवबहादुर खत्री, गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारी, विद्यार्थी साधना के.सी., अनमोल बन्जाडे लगायतले मन्तव्य राख्दै शैक्षिक गुणस्तरको पक्षमा आवाज उठाउनुभयो । कार्यक्रममा यहि चैत ७गते देखी संचालन हुने एस.ई.ई.परीक्षामा सहभागी हुने कक्षा-१० का विद्यार्थीलाई बधाई तथा शुभकामना प्रकट गरिएको थियो ।



S.K. Creative Media Group