पूर्वी नवलपरासी । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खहरे जंगलमा दुई महिलाको मृत अवस्थामा शव फेला परेका छन् । बिनयी त्रिबेणी गाउँपालिका-१ ओमशान्ति टोल बस्ने ६० वर्षीय मनादेवी पौडेल र २८ वर्षीय विष्णु पौडेलको शव जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आइतवार दिउँसो घास काट्न जंगल गएका सासुबुहारी साँझ अबेरसम्म पनि घर नफर्किए पछि खोजी गर्ने क्रममा गए राति १० बजे जंगलमा दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरे पनि पोष्टमाटम पछि मात्र यथार्थ खुल्ने प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृत दुवै शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय