प्युठान । प्युठानको झिमरुक गाउँपालिका स्थित दहखोला निवासी ९९ वर्षीय जेष्ठ नागरिक खुमे गिरीको तेर्हौ दिनको पुन्यतिथीको अवसरमा परिवारबाट दुई लाख बराबरको अक्षकोष स्थापना गर्नुभएको छ । आज शुक्रबार भएको श्रद्धाञ्जली सभा कार्यक्रममा डा. शैलेन्द्र गिरीले बाजेको सम्झनामा दुई लाख बराबर राशिको अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

अक्षयकोष प्युठान नगरपालिका-९, मजुवामा रहेको बाल बिद्या माध्यमिक बिद्यालय मरन्ठानाको लागि एक लाख बराबरको अक्षयकोष स्थापना गरिने छ । उक्त अक्षयकोषको ब्याजबाट बिद्यालयमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार स्वरुप नगद प्रदान गरिने डा. शैलेन्द्र गिरीले जानकारी दिनुभयो ।

त्यस्तै शिद्ध मन्दिरमा तिहारको पञ्चमीको दिन महन्तहरुको कुलपुजामा लगाइने नाच तथा अन्य कार्यक्रम ब्यवस्थापनको लागि खर्च गर्ने गरि एक लाख बराबरको अक्षयकोषको घोषणा गर्नुभएको छ । उक्त कार्यक्रम अक्षयकोषको ब्याज रकमबाट खर्च गरिने डा. गिरीले बताउनुभयो ।

श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले उहाँको कार्यको प्रसंशा गर्दै ९९ वर्षीय खुमे गिरीको असल कार्यको अनुसरण गर्दै जानुपर्ने बताउनुभयो । भाबी पुस्ताले उहाँको सकारात्मक कार्यलाई मार्गदर्शनको रुपमा लिएर अगाडि बढेमात्र उहाँको सपना पूरा हुने बताउनुभयो ।

कार्यक्रममा प्युठान नगरपालिकाका मेयर बिष्णु योगि, राप्ती इन्जिनियरिङ कलेज दाङका निर्देशक मधुसूदन बैध, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य नगर प्रवक्ता सुमन राज श्रेष्ठ, झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धन बहादुर पुन, वडा सदस्य मित्रु गिरी, हेमराज भट्टराई, आफन्तहरु भोजु गिरी, नारायण गिरी लगाएतले उहाँको सकारात्मक कार्यको स्मरण गर्नुभएको थियो । कार्यक्रममा आफन्त इष्ट मित्र लगाएको उपस्थिति रहेको थियो ।

झिमरुक गाउँपालिका वडा नं ६, स्थित दहखोलामा १९८२ साल असारमा जन्मिनुभएका गिरीको उमेरका कारणले मृत्य भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गिरीका २ छोरा ५ छोरीहरु छन् । दहखोलामा रहेको गिरी परिवार मध्य सबैभन्दा जेष्ठ अभिभावक समेत रहनुभएको गिरीको निधनले महन्त परिवार शोकमा परेको छ । उहाँको निधनले गिरी परिवारलाई क्षती पुगेको छ। एक असल समाजसेवी जेष्ठ अभिभावक समेत गुमाएको छ ।
उहाँको पौष १ गते बिहान ११ः४५ बजे आफनै निवास दहखोलामा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय