प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाको प्रशासकीय भवन भ्यागुतेबाट संचालन हुँदै आएको पशुपन्छी उपचार तथा औषधी वितरण सेवा प्रवाहलाई मच्छी स्थित सेवा केन्द्रबाट दिने निर्णय भएको छ । गाउँ कार्यपालिकाको असार ६ गतेको बैठकले पशुपालन किसानको सहजताको लागि यहीँ साउन १ गतेदेखि लागु हुने गरी सेवाकेन्द्रको भवनबाट सेवा प्रवाह सुचारू गर्ने निर्णय गरेको हो ।

किसानले पाउने सेवाप्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउनका लागि सेवाकेन्द्रको भवनबाट सेवा प्रवाह सुचारू गरिएको पशु शाखा प्रमुख रमेश शर्माले जानकारी दिनुभयो ।

शाखा प्रमुख शर्माका अनुसार पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा औषधी वितरण सम्बन्धी सम्पूर्ण सेवाहरू अबदेखि झिमरुक-५,रिपापाखा स्थित साविकको सेवा केन्द्रमा रहेको पशु सेवा कार्यालयबाटै सञ्चालन गरिएको छ ।

तर अन्य पशु सेवा शाखासँग सम्बन्धित प्रशासनिक कार्य, योजना सम्झौता, सिफारिस, बजेट तथा योजना सम्बन्धी अन्य कार्य भने गाउँपालिकाको मुख्य कार्यालय प्रशासकीय भवनबाट सम्पादन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय