काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान ४.७ म्याग्नेच्युडको भूकम्पको धक्का मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे ४.७ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।
जिल्लाको तीनकुण्ड केन्द्रविन्दु बनाएर सो भूकम्प गएको केन्द्रले जनाएको छ। काठमाडौ लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। नेपालमा पटकपटक भुकम्प धक्का जानुले जनतामा एकखालको त्रास पैदा गरेको छ।



S.K. Creative Media Group