अनिल खत्री
गुल्मी, २४ पुस। गुल्मी जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद शर्माले जिम्मेवारी पाउनुभएको छ । सोमबारदेखि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका शर्माले मंगलवार जिल्ला स्थित राजनितिक दल, सञ्चारकर्मीहरुसँग जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिनुभएको थियो।

यस अघिका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी उमेरहदका कारण अनिवार्य अवकाश भएपछि पुस १९ गते नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शर्माले गुल्मीको जिम्मेवारी पाउनुभयो । भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वमा मात्रै सिमित भएकाले त्यसलाई निरन्तर गरिरहनु पर्ने सुल्झाएका थिए ।

त्यस्तै विकास निर्माणका कामहरुमा अत्यन्तै ढिलासुस्ती भएकाले प्रशासनले त्यसतर्फ पनि चासो दिनुपर्नेमा पत्रकारहरुको सुझाव थियो । प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री वातावरण तयार गर्न ध्यान दिने बताउनुभयो ।

नागरिकलाई संबिधानले प्रत्यभूत गरेका अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने उहाँको भनाई छ । बाग्लुङ जिल्ला निवासी शर्मा गुल्मी जिल्लाको ४३ औं सिडिओको रुपमा जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय