महेश थापा
प्युठान । नौबहिनी गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना भएको छ । नौबहिनी गाउँपालिका-३ झिम्पबाट बाग्दुला जादै गरेको जिप गत्लानेकाे ओरालाेमा ब्रेक फेल भएर दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
स्थानीय ३१ बर्षीया छमि बिक र २६ बर्षीया कुमारी पुन घाइते भएका छन । घाइतेलाई उद्धार गरेर बिजुवार पठाइएको छ । जीपमा ९ जना सवार थिए ।