बझाङ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको धक्का गएको हो। जिल्लाको छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
बझाङमा गएको असोज १६ गतेको ठुलो भूकम्पपछि लगातार सानाठूला भुकम्पको पराकम्पको गइरहेको छ। सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला ठाउँमा निस्केरका थिए।



S.K. Creative Media Group