महेश थापा
नौबहिनी । नौबहिनी गाउँपालिकामा ग्याँस चुलो, कुकर लगायत सामाग्री मर्मत तालिम संचालन भएको छ । पालिकाले स्थानीय स्तरमा आवस्यक रहेको सीप तालिम संचालन गरेको हो ।
तालिम उद्घाटन शत्रमा पालिका अध्यक्ष दिल बहादुर मगरले दैनिक जिवनसंग अत्यन्तै आवश्यक पर्ने तथा आयआर्जन तालिम भएकाले ध्यान दिएर सीप सिक्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलले तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । पाँच दिनसम्म संचालन हुने तालिममा एउटा वडाबाट ४ जना प्रतिनिधि गरि ३२ जना सहभागी छन ।
कार्यक्रमकाे सहजीकरण इभान कन्ट्रक्सनका प्राेपाइटर पारस भण्डारीले गर्नुभएको थियो