महेश थापा
बाहाने । नौबहिनी गाउँपालिका-५ डामृमा रहेका किराना पसलहरु अनुगमन गरिएको छ । गाउँपालिकाले गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको सामान फेला परेको छ ।
आज म्याद गुज्रिएका सामाग्री प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी सञ्चारकर्मीकाे सहभागीता नष्ट गरिएको छ । डामृ भेन्डामा हिजो अनुगमनका क्रममा भेटिएका पेय पदार्थ, मदिरा, चाउचाउ, भुजा लगायतका सामान नष्ट गरिएको हाे ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले मानिसको स्वास्थ्य संग सम्बन्धित खाद्य बस्तु बिक्री गर्दा र खरिद गर्दा बिक्रेता र उपभोक्ता दुबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
स्थानीय नागरिक तथा व्यापारीले जिल्लाका ठुला बजार तथा व्यबसायीका पसल अनिवार्य अनुगमन गर्नुपर्ने बताएका छन । उनीहरूले ठूला पसलबाट नै ती सामान आउने गरेको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन ।