कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय वैठकले यही वैशाख २९ र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

वैठकले पार्टीको जिल्ला अधिवेशनमा महिलालाई ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधीत्व अनिवार्य गरेको छ । त्यस्तै वैठकले समावेशीतालाई पनि जोड दिएको जनाएको छ ।

अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ति एक दर्जन बढी उपसमिति निर्माण गरेको जनाएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकले नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी नेपाल सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त हुुनुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभेच्क्षा ब्यक्त गरेको छ ।

जिल्ला सचिवालय वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गदै आगामी जिल्ला अधिवेशन स्वच्छ मर्यादित रुपमा सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पार्टी संगठन थप सुदृढीकरणमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय