प्युठान । प्युठानमा किसानले लगाएको मकै बाली जंगली जनावर बदेलले नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । घाम पानी नभनि कडा मिहिनेतका साथ आफ्नो खेत बारीमा लगाएकोे मकैबाली जंगली जनावरले क्षती पुर्याउन थालेपछि किसान चिन्तित बनेका हुन । झिमरुक गाउँपालिका-६, चिसावाङका दधिराम शर्माको एक रोपनी जग्गामा लगाएको मकैबाली गएराती बदेलले क्षती पुर्याउदा आफू मर्कामा परेको बताउनुभएको छ । जंगली जनावर बदेल बादलले खेतबारीमा लगाएको अन्नबाली जोगाउन नसक्दा किसानहरू हैरान भएको स्थानीय किसान शर्माले बताउनुभयो ।

रातको समयमा खेतबारीमा आउने जंगली बदेलको हुलले मकैबाली नष्ट गरेपछि बदेल धपाउनको लागी रातभर जाग्राम बस्नुपरेको किसानको भनाई छ । रातभर जाग्राम बसेर पनि एक रोपनी बारिको मकै जोगाउन नसकिएको शर्माले बताउनुभयो । मकैबाली बदेलले क्षति पुर्याएपछि कृषकहरु आक्रोशित बनेका छन् । यस क्षेत्रमा जंगली जनावरको बिगबिगीका कारण धेरै किसानले खेतबारी बाझै राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । खेती गरेपनि जंगली जनावरको आक्रमणबाट बाली जोगाउन नसकिने भएपछि किसानले आफ्नो जग्गा बाझै राख्नु परेको कृषकको भनाइ छ।

किसानको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा सरकार चुकेको किसानको गुनासो छ । किसानको गुनासो स्थानीय सरकार तथा सम्बन्धित निकायले नसुनेको किसान बताउँछन् । किसानको समस्या सुनेर अनुदानको ब्यवस्था गरी समयमै जंगली जनावरको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय