प्युठान । प्युठानमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सत्य माध्यमिक बिद्यालय झिमरुक-७ तुषारा प्रथम भएको छ । बुधबार विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगिता सत्य माध्यमिक बिद्यालय प्रथम भएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जुम्रीमा साे हाजिरीजवाफ प्रतियोगिता जिल्लाका १० वटा विद्यालयको सहभागिता रहेको सहकारीले जनाएको छ । त्यस्तै प्रतियोगितामा भानुभक्त माध्यमिक बिद्यालय मल्लरानी-३ बर्बोट द्धितिय, जनता माध्यमिक बिद्यालय प्यूठान नगरपालिका–८ बाग्दुला तृतिय र क्षेत्रविकास माध्यमिक बिद्यालय प्यूठाननगरपालिका–७ पुन्यखोलाले सान्त्वना स्थान हासिल गरेको छ।

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सँगसँगै यस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ध्यान दिनुपर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले हाजिरीजवाफ जस्ता यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।

संस्थाले हरेक वर्ष न्यूनतम दुईवटा सामाजिक कार्यक्रम गर्ने गरेको जस अनुसार विद्यार्थीहरुमा अतिरिक्त ज्ञानको विकास गराउन तथा सहकारी सम्वन्धी ज्ञान अभिवृद्धि गर्न हाजिरीजबाफ प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ७ हजार ३ सय ३३, द्धितिय हुनेलाई ६ हजार, तृतिय हुनेलाई ४ हजार ६ सय ६६ र सान्त्वना हुनेलाई २ हजार ६ सय ६६ नगद तथा प्रमाणपत्र प्रदान गरिएको बैधले जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल, जिल्ला बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्ष लोक बहादुर बस्नेत, सल्लाहकार गुमान राज पुलामी, लगायतकाे सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय