अनिल खत्री
गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला शुरु भएको छ। मंगलबार देखि शुरु भएको साउने मेला हेर्न आउनेको निकै घुइँचो लाग्ने गर्दछ । रेसुङ्गा क्षेत्रको प्रचार–प्रसार गर्न साउन भर मेला लगाउने गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो।

गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि साउनभर एक महिना सम्म मेला सुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले जानकारी दिनुभयो । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगैे दैनिक पुजा संञ्चालन गरिने रेसुङ्गा संरक्षण समितीले जनाएको छ ।

रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, पाल्पा वाग्लुङ्ग, रुपन्देही, लगायतका नेपालका विभिन्न ठाउबाट श्रदालु भक्तजनहरु धार्मिक स्थलमा मेला हेर्न आउने गरेको रेसुङ्गा संरक्षण समितिले जनाएको छ । यहाँ पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ।

आज दोस्रो दिन श्रद्धालु तथा भक्तजनको बिहानैदेखि मेला अवलोकनको लागि घुइँचो लागेको रेसुङ्गा संरक्षण समितिले जानकारी दिएको छ। रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।

साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औशी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।

सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय